त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार हुने | Khabarhub Khabarhub

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार हुने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।

क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेले सोमबार बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने जानकारी दिए ।

उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ मिति तोकेको हो ।

यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन अल्पकालीन अन्तरिम आदेश आएपछि स्थगन भएको थियो ।

क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की उम्मेदवार छन् ।

यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ५६ बजे

भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो

केपटाउन– दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा शिकारको क्रममा अमेरिकी करोडपति एवम्

नेप्से १८ अंकले बढ्यो, कारोबार कति ? 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अंकले बढेको छ ।

सांसदहरूद्वारा पशुपति क्षेत्रको निरीक्षण

काठमाडौं– प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहीबार पशुपतिनाथ क्षेत्रको

‘माग्ने राजा’को ट्रेलर : मिस पबी एक सेकेन्ड झुलुक्क, पज नगरी चिन्नै गाह्रो !

काठमाडौं – फिल्म ‘माग्ने राजा’ मा अनुबन्ध भएदेखि टिकटकर मिस

नेपालबाट एक वर्षमै साढे १७ अर्बको बिजुली निर्यात

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको नेतृत्वमा सरकारले वैदेशिक बजारमा