नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेपनि फिर्ता ल्याउँछौँ : मन्त्री पाण्डे « Khabarhub

नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेपनि फिर्ता ल्याउँछौँ : मन्त्री पाण्डे


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट मूर्ति चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने बताएका छन् । 

आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्त्विक महत्वका मूर्तिहरू नेपाल फर्काएर पाटन सङ्ग्रहालय र राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तर गर्दै मन्त्री पाण्डेले नेपालका संसारको कुनै पनि स्थानमा पुर्‍याइए पनि फर्काइने बताएका हुन् । 

उनले विगतमा नेपालका महत्त्वपूर्ण पुरातात्त्विक मूर्तिहरू कसरी विदेश पुगे भन्ने मुख्य प्रश्न भएको जिकिर गरे । 

मन्त्री पाण्डेले नेपालका मूर्तिहरू चोरी गरेर जहाज मार्फत ठूलो सेटिङमा विदेशमा पुगाउने काम भएको बताए । उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मूर्तिहरू प्रतिस्थापन गरिने विश्वास व्यक्त गरे ।  

पुरातत्त्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्त्विक महत्वका मूर्तिहरू नयाँ कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरूको प्रयासबाट फिर्ता भइसकेको जनाएको छ । 

अमेरिका फान्स बेलायत, चीन, अष्ट्रिया, अष्ट्रिलियाजस्ता देशहरूबाट थप अरु मूर्तिहरू फिर्ताका लागि कूटनीतिक पहल भइरहेको बताएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ०४ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान