माधव सापकोटाको आरोप- सत्तापक्ष सांसद भौतिक रूपमै हमला गर्नेगरी प्रस्तुत भए | Khabarhub Khabarhub

माधव सापकोटाको आरोप- सत्तापक्ष सांसद भौतिक रूपमै हमला गर्नेगरी प्रस्तुत भए


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्ष सांसदहरू भौतिक रूपमा नै हमला गर्नेगरी सदनमा प्रस्तुत भएको आरोप लगाएका छन् ।  

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संसदमा विपक्षी सांसद भन्दा उग्र भएर सत्तापक्ष सांसदहरूले भौतिक रूपमा नै हमला गर्ने क्रियाकलाप गरेको आरोप लगाएका हुन्  । उनले सत्तापक्ष र प्रधानमन्त्री सदनप्रति गैर जिम्मेवार देखिएको  र जटिलता थपिँदै गएको बताए  । 

सापकोटाले देशमा देखिएको पछिल्लो घटनाका साथै आफूहरूले उठाएका मागमा गम्भीर भएर प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्नेमा प्रधानमन्त्री अलमलिएर बसेको जिकिर गरे ।  

उनले सदनलाई जबरजस्ती पेलेरै अघि बढाउने तयारी भएको र नियोजित रूपमा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण रोकिएको आरोप लगाए । प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म आफूहरूको विरोध कायमै रहने उनको भनाइ छ ।  

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ४ : ३० बजे

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन

काठमाडौं – रेस्लिङ सुपरस्टार हल्क होगनको निधन भएको छ ।

तराईमा खडेरी : तत्काल वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं – विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड

बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान

धनगढी – बाजुराको बुढीगंगा नगरपालिका ७ झालीकी पवित्रा ल्वारले बाटोमै

कैलालीमा रगत अभावपछि बिरामीको उपचारमा समस्या

कैलाली – कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको