रास्वपाद्वारा तीनकुने क्षेत्रको अनुगमन, जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण « Khabarhub

रास्वपाद्वारा तीनकुने क्षेत्रको अनुगमन, जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीहरूले क्षति पुर्‍याएका विभिन्न स्थानको भौतिक संरचनाको निरीक्षण गरेको छ ।  

आइतबार रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कोषाध्यक्ष लिमा अधिकारी लगायतको टोलीले राजावादीले क्षति पुराएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, काठमाडौंको तीनकुनेको भवन आगलागी लगायतका भौतिक संरचनाको निरीक्षण गरेको हो ।

जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण गरिएको रास्वपा कार्यवहाक सभापति अर्यालले बताए । उनले हिंसात्मक गतिविधि राजनीतिक आन्दोलन हुन नसक्ने भन्दै उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे  ।

अर्यालले समयमा नै राज्य चनाखो बन्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए । यसमा सुरक्षा कमजोरी देखिएको उनको भनाइ छ । 

उनले शान्ति सुरक्षामा सरकार चूकेको भन्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ४ : ४६ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा