रास्वपाद्वारा तीनकुने क्षेत्रको अनुगमन, जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण « Khabarhub

रास्वपाद्वारा तीनकुने क्षेत्रको अनुगमन, जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीहरूले क्षति पुर्‍याएका विभिन्न स्थानको भौतिक संरचनाको निरीक्षण गरेको छ ।  

आइतबार रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कोषाध्यक्ष लिमा अधिकारी लगायतको टोलीले राजावादीले क्षति पुराएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, काठमाडौंको तीनकुनेको भवन आगलागी लगायतका भौतिक संरचनाको निरीक्षण गरेको हो ।

जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण गरिएको रास्वपा कार्यवहाक सभापति अर्यालले बताए । उनले हिंसात्मक गतिविधि राजनीतिक आन्दोलन हुन नसक्ने भन्दै उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे  ।

अर्यालले समयमा नै राज्य चनाखो बन्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए । यसमा सुरक्षा कमजोरी देखिएको उनको भनाइ छ । 

उनले शान्ति सुरक्षामा सरकार चूकेको भन्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ४ : ४६ बजे

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले