आईसीसीको वारेन्टका बाबजुद इजरायलका नेतान्याहूले हङ्गेरीको भ्रमण गर्ने « Khabarhub

आईसीसीको वारेन्टका बाबजुद इजरायलका नेतान्याहूले हङ्गेरीको भ्रमण गर्ने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा भएको कथित युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पूर्जीको अवज्ञा गर्दै आगामी अप्रिल २ मा हङ्गेरीको भ्रमण गर्ने भएका छन् । 

भ्रमणका क्रममा नेतन्याहूले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र हङ्गेरीका अन्य वरिष्ठ अधिकारीसँग वार्ता गर्ने कार्यक्रम छ ।

गत वर्ष आइसिसीले पक्राउ पुर्जी जारी गरे पनि ओर्बानले नेतन्याहूलाई निमन्त्रणा दिएका थिए । 

आइसिसीको निर्णयको एक दिनपछि गत नोभेम्बरमा नेतन्याहूले निमन्त्रणा दिने ‘नैतिक स्पष्टता’ देखाएकोमा ओर्बानलाई धन्यवाद दिएका थिए । 

हङ्गेरीका प्रधानमन्त्री नेतन्याहूले आइसिसीको निर्णयलाई ‘लज्जास्पद’ कदम भन्दै निन्दा गरेको ओर्बानको पत्र नेतन्याहूको कार्यालयले सार्वजनिक गरेको थियो । 

गाजामा हमासविरुद्ध इजरायलको युद्धमा मानवताविरुद्धको अपराध र भोकमरीलगायत युद्ध अपराध गरेको आरोपमा आइसिसीले नेतन्याहू र पूर्व रक्षामन्त्री योआभ ग्यालेन्टविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले इजरायलविरुद्ध गरेको आक्रमणपछि यो युद्ध सुरु भएको थियो ।
 
हङ्गेरीले सन् १९९९ मा आइसिसीको स्थापना गर्ने अन्तर्राष्ट्रिय सन्धि रोम विधानमा हस्ताक्षर गरेको थियो र त्यसको दुई वर्षपछि ओर्बानको पहिलो कार्यकालमा यसलाई अनुमोदन गरेको थियो ।

बुडापेस्टले संवैधानिकताको कारण देखाउँदै सम्बन्धित महासन्धि जारी गरेको छैन र आईसीसीको निर्णयहरू पालना गर्न बाध्य छैन ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : २५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा