प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्ता पक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।

प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै अवरोध गर्दै आएका छन् ।

आज पनि अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए । दलहरूबीच सहमति नजुटेपछि सूचना टाँसेर दिउँसो चार बजेका लागि बोलाइएको थियो । चार बजे पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर भोलीसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) अनुसार सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ६ : १५ बजे

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत