भारतबाट पर्याप्त विद्युत् आयात गर्ने धागो उत्पादक संघको माग  « Khabarhub

भारतबाट पर्याप्त विद्युत् आयात गर्ने धागो उत्पादक संघको माग 


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट आवश्यक विद्युत् आयात गर्ने नेपाल धागो उत्पादक संघले माग गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने माग गरेको हो ।

संघका अध्यक्ष पवन कुमार गोल्याणले जारी गरेको विज्ञप्तिमा नवनियुक्त कार्यकारी निर्देशक, उर्जामन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई विद्युत् आयत गर्ने अनुरोध गरिएको छ । 

‘घरायसी प्रयोजनमा लोडसेडिङ अन्त्य भए पनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङका कारण धागो उत्पादन लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवद्र्धनमा असर परिरहेको अवस्थामा मित्रराष्ट्र भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा नेपाल धागो उत्पादक संघ हर्षित र उत्साहित भएको छ ।’, विज्ञप्तिमा छ । 

धागो उद्योगबाट ८० प्रतिशतभन्दा बढी वस्तु निर्यात हुने र वि.सं. २०५३ मा संघको स्थापना भएयता वार्षिक रूपमा करिब ४० हजार मेट्रिकटन धागो निर्यात भएकाले राज्यको ढुकुटी बढाउने योगदान गरेकाले पर्याप्त बिद्युत् उपलब्ध गराउन संघले माग गरेको छ । 

‘लोडसेडिङले पारेको समस्या पूर्ण रूपमा समाधान गर्दै औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितता प्रदान गरी उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जनातर्फ सरकारको सार्थक प्रयास रहने विश्वासका साथ समग्र औद्योगिक क्षेत्रको अभिभावकीय जिम्मेवारीमा सरकार खरो उत्रियोस् भन्ने अपेच्छासहित धन्यवाद व्यक्त गर्दछौँ ।’, विज्ञप्तिमा छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ६ : १४ बजे

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले