साधारण तारिखमा छुटे स्वागत नेपाल « Khabarhub

साधारण तारिखमा छुटे स्वागत नेपाल


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल साधारण तारिखमा रिहा भएका छन् ।

उनलाई शुक्रबार आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो । नेपालले शुक्रबार भएको राजावादीको प्रदर्शनका क्रममा भिडलाई भड्काउने गतिविधि नगरेको निष्कर्षसहित म्याद थप नगरी साधारण तारिखमा रिहा गरिएको हो । 

उनलाई प्रहरीले गत शुक्रबार ल फर्मबाटै पक्राउ गरेको थियो  । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले शुक्रबार हिंसा भड्काउने गरी उनको भूमिका नदेखिएकाले साधारण तारिखमा छाडिएको बताए ।

उनलाई काठमाडौं अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । उनीसहित पक्राउ परेका राप्रपाका अन्य नेतासहित ४१ जनालाई भने अदालतले मुद्दा चलाउने गरी म्याद दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : १८ बजे

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले