अमेरिकाको मिनेसोटामा विमान दुर्घटना हुँदा एक घरमा आगो लाग्यो « Khabarhub

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना हुँदा एक घरमा आगो लाग्यो


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस- अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ।

सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२ः२० बजे उक्त घरमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा विमान चालकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले विमानमा रहेका कोही पनि जीवित नभएको जनाएका छन् ।

“आयोवाको डेस मोइनेस अन्तर्राष्ट्रिय विमानस्थलबाट मिनियापोलिसको अनोका काउन्टी–ब्लेन विमानस्थलतर्फ गइरहेको विमान उड्दासाथ दुर्घटनाग्रस्त भएको हो, अमेरिकी सङ्घीय उड्डयन प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

नजिकैका प्रत्यक्षदर्शीहरूले स्थानीय टिभी स्टेशन केआरई ११ लाई बताएअनुसार विमान दुर्घटनापछि ब्रुकलिन पार्कको एक घरमा आगो लागेको थियो। 

अग्निनियन्त्रण अधिकारीले पत्रकार सम्मेलनमा दुर्घटना र आगलागीको समयमा घरमा कोही पनि नभएको बताएका छन् ।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा समितिले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ३१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग