राजतन्त्र पुनर्स्थापनाको अभियान नयाँ ढङ्गबाट अघि बढ्छ : कमल थापा « Khabarhub

राजतन्त्र पुनर्स्थापनाको अभियान नयाँ ढङ्गबाट अघि बढ्छ : कमल थापा


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले तिनकुने घटनाको सबै पक्षलाई विश्लेषण गर्दा गणतन्त्र पक्षधरले सुनियोजित ढङ्गबाट परिस्थितिलाई उत्तेजित र अराजक बनाउने र राजा, हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्न खोजेको बताएका छन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले यो घटनाक्रमबाट कोहि पनि बिचलित नहुन सम्पुर्ण राष्ट्रबादी ,राजाबादी र हिन्दुराष्ट्र पक्षधरलाई आह्वान समेत गरेका छन् । थापाले भने, ‘केही समय पछि गोयबल्स शैलिमा गरिरहेको सुनियोजित प्रोपोगन्डाको तुवाँलो हट्नेछ।’

हिन्दुराष्ट्र, राजा सहितको प्रजातन्त्रको पुनर्स्थापनाको अभियान नयाँ ढङ्गबाट अघि बढ्ने समेत थापाले स्पष्ट पारे । तिनकुने घटनाको आपरणमा भ्रष्ट शासन र भ्रष्ट व्यवस्थालाई निरन्तरता दिईरहन खोज्ने योजना सफल हुन नदिने बताए ।

नयाँ शिराबाट हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको आन्दोलन अघि बढ्ने भन्दै राजनीतिक शक्ति र राजनीतिक नेतृत्वले जिम्मेवारी र पहलकदमी लिनुपर्नेमा थापाको जोड थियो । कार्यक्रममामा काठमाडौं(१४ का विभिन्न ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ८ : ३१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग