माधव नेपालले भने : व्यवस्थाको रक्षाका लागि कमजोरी सुधार गर्नुपर्छ « Khabarhub

माधव नेपालले भने : व्यवस्थाको रक्षाका लागि कमजोरी सुधार गर्नुपर्छ


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि देखिएका कतिपय कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताएका छन् ।

सो पार्टीको आज धनगढीमा सुरु भएको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वप्रधानमन्त्री नेपालले ठूलो बलिदानी र त्यागबाट प्राप्त परिवर्तनको उपलब्धि एवं जनताको शासनलाई अँध्यारोमा धकेल्ने दुष्प्रयास भइरहेको बताए । नेपालले बहुमतको आडमा मनपरी गर्छु भनेर चल्न खोजेमा पार्टीहरु बीचको सम्बन्धमा सुधार नआउने बताए ।

उनले भने, “हृदय फराकिलो बनाएर देखिएका कतिपय कमीकमजोरी स्वीकार्दै सुधार गर्ने आँट गर्न सक्नुपर्छ ।” उनले जनतासँग जोडिएर आन्दोलनलाई उठाउन र परिवर्तनको वाहक बनेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

समारोहमा पूर्वप्रधानमन्त्री एवं सो पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव घनश्याम भुसाललगायतले सम्बोधन गरेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनमा पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ९ : ३३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ