प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।

आजको बैठकमा ‘बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन् ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ३६ बजे

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले

रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन

काठमाडौं– राष्ट्रियभा सदस्य रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा

हर्क साम्पाङलाई जानकारको सुझाव– ‘सस्तो स्टन्टले निलम्बनमा परिएला’

काठमाडौं- चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले अहिलेसम्म

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका