इदले आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले | Khabarhub Khabarhub

इदले आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले इद उल फित्रले सबै नेपालीबीच सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् भन्ने कामना गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद उल फित्र) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले यस्ता चाडपर्वले आपसी एकता, मेलमिलाप र धार्मिक सहिष्णुतालाई अझ सशक्त बनाउने विश्वास लिएको सन्देशमा उल्लेख छ ।

‘रमजान महिनाभरको उपवास, आध्यात्मिक शुद्धता, आत्मसंयम र परोपकारको अभ्यासपछि आउने यो महान् पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्’, सन्देशमा भनिएको छ, ‘पारस्परिक सद्भाव र भाइचारालाई प्रवर्द्धन गर्दै इदले सबै नेपालीलाई सुदृढ राष्ट्रिय एकताको भावनामा जोड्ने विश्वास लिएको छु ।’

यो पर्व इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण चाड हो । यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।

‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको देश हो, नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ’, सन्देशमा भनिएको छ, ‘यो संवैधानिक व्यवस्थाले सबै नागरिकलाई आ–आफ्नो धार्मिक एवं सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने अधिकार प्रदान गरेको छ ।’ 

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ४८ बजे

एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी

काठमाडौँ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले

थापागाउँबाट च्यासललाई पूर्वराष्ट्रपति भण्डारीको जवाफ : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर

किसानलाई मल र सिँचाइ उपलब्ध गराउन सांसदको माग

काठमाडौं– प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा

बलिउड कलाकारमाथि किन खनिइन् श्रुति हासन ?

काठमाडौं– अभिनेत्री श्रुति हासन अहिले आफ्नो फिल्म ‘कुली’ को प्रदर्शनका

विद्याका अघि ईश्वर पोखेरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा सघाइरहेका नेकपा (एमाले)