चार अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण « Khabarhub

चार अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काभ्रे– रोटरी क्लब धुलिखेलले विभिन्न चार वटा अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरेको छ ।

धुलिखेलमा आयोजित कार्यक्रममा मिर्गौला रोगीलाई थप सहज बनाउन जर्मन रोटरी भोलेन्टियर डाक्टर ईभीको सहयोगमा ३६ वटा हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरिएको हो । क्लबले धुलिखेल अस्पताललाई १०, शिर मेमोरियल अस्पताललाई १०, बाँकेको कोहलपुरमा रहेको कौशल्या मेमोरियल अस्पताललाई १० र बर्दघाट स्थित शहीद स्मृति अस्पताललाई ६ गरी जम्मा ३६ वटा मेसिन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद तथा उद्योगपति विनोद चौधरीले अन्तर्राष्ट्रिय संस्थाले दिएको यस्ता खाले सहयोग नेपाली जनतासम्म पुर्याउन सरकारी प्रक्रियाले झन्झट भइरहेको बताए । उनले धुलिखेल नगरपालिकाको उदाहरण दिँदै सकारात्मक सोच राख्ने जनप्रतिनिधि भए विकासले गति लिने बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले संस्थाको सामाजिक भावना बृहत भयो भने देशव्यापी काम गर्न सक्ने बताए । उनले धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताउँदै आगामी दिनमा वातावरणमैत्री, छुवाछुत मुक्त र गरिब नभएको शहर बनाउन प्रत्येक घरमा सर्वेक्षणको काम सुरु गरिएको बताए । उनले उक्त सर्वेक्षणबाट नगरवासीको आयस्रोत, खर्च, शिक्षा, स्वास्थ्य सबै थाहा हुने भएकाले उद्यमशीलताका कार्यक्रम ल्याउन सहज हुने प्रस्ट पारे ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका, धुलिखेल अस्पताल र रोटरी क्लब अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैंक तथा रिसर्च सेन्टर स्थापना गर्ने सम्झौता गरिएको छ । त्यस्तै धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको साझेदारीमा विद्युतीय शवदाह गृह निर्माण गर्ने सम्झौता पत्रमा समेत हस्ताक्षर गरिएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैँजुले हस्तान्तरण गरिएका हेमोडायलाइसिस मेसिनको मूल्य ५ करोड भन्दा बढी पर्ने जानकारी दिइन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : २६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा