काठमाडौंको माकलबारीमा गाडिएको शव फेला, ६ जना पक्राउ « Khabarhub

काठमाडौंको माकलबारीमा गाडिएको शव फेला, ६ जना पक्राउ


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका– ८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित पाँच नेपालीलाई पक्राउ गरेको छ ।

लेनदेनको विषयलाई लिएर उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका– ५ बाहुनधारामा बसोबास गर्दै आएका साह यही चैत ११ गतेदेखि हराइरहेको भनी प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त बौद्धको टोलीले खोजी थालेको थियो ।

प्रहरीले उक्त घटनामा संलग्न सर्लाहीको चक्रघट्टा गाउँपालिकाका २२ वर्षीय निपु मण्डल, सोही ठाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल तथा भारतीय नागरिक २९ वर्षीय २९ सुनिल शर्मालाई पक्राउ गरेको छ ।

निजहरुलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : १७ बजे

पहिरोले मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौं– बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

कामु प्रधानन्यायाधीशको विरोधमा उत्रियो रास्वपा, संसद् बैठकबाटै आपत्ति

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट निवेदन दर्ता गर्न

सर्वोच्चमा ‘गाईजात्रा’ : कामु प्रधानन्यायाधीशको आदेशपछि प्रशासनका कर्मचारी कार्यालय छाडेर हिँडे

काठमाडौं- प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन सोमबार नै

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय