सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने « Khabarhub

सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् ।

आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो ।’ सभापति लामिछानेले भने, ‘यो डराउँछ भन्ने लागेको होला तर म लड्छु । तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ । थप केही मुद्दा लगाउनु छ भने लगाओस् ।’

लामिछाने पार्टी जिम्मेवारीमा फर्कने सूचना पाएपछि उनको स्वागतका लागि पार्टी सदस्य र शुभचिन्तकहरूको पार्टी कार्यालयमा बाक्लो उपस्थिति छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेको सांसद पद अहिले पनि निलम्बनमा छ । उनको अदालतमा मुद्दा विचाराधीन भए पनि पार्टीको जिम्मेवारीमा फर्कन लागेका हुन् ।

रास्वपाले पुस ८ गते लामिछानेको ठाउँमा पार्टी उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ३ : २९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ