संवैधानिक परिषद् विधेयक सर्वसम्मत पारित « Khabarhub

संवैधानिक परिषद् विधेयक सर्वसम्मत पारित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाले संवैधानिक परिषद् विधेयक पारित गरेको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सोमबार बसेको बैठकले संवैधानिक परिषद् विधेयक सर्वसम्मत पारित गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले भने, ‘संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक २०८१ सर्वसम्मतीले पारित भएको घोषणा गर्दछु ।’

पारित विधेयक २०७९ फागुन १२ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उक्त विधेयक संसद्मा दर्ता गरेको थियो ।

विधेयकलाई २०८१ जेठ १७ मा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा पास गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ३ : ५१ बजे

पहिरोले मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौं– बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

कामु प्रधानन्यायाधीशको विरोधमा उत्रियो रास्वपा, संसद् बैठकबाटै आपत्ति

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट निवेदन दर्ता गर्न

सर्वोच्चमा ‘गाईजात्रा’ : कामु प्रधानन्यायाधीशको आदेशपछि प्रशासनका कर्मचारी कार्यालय छाडेर हिँडे

काठमाडौं- प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन सोमबार नै

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय