रविको जिकिर : सडकको आक्रोश राजा फर्काउन होइन, गणतन्त्रवादीको कु-कर्मको फल हो « Khabarhub

रविको जिकिर : सडकको आक्रोश राजा फर्काउन होइन, गणतन्त्रवादीको कु-कर्मको फल हो


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकमा देखिएको आक्रोश राजा फर्काउने नभएर सरकारको कु–कर्मको फल भएको बताएका छन् । उनले सरकारको आक्रोशविरुद्ध सडकमा जनमत उर्लिएको दाबी गरे । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफू गोली खान तयार भएको बताए ।

उनले आफूलाई सक्नेहरूसामु शिर निहुर्‍याएर नहिँड्ने दाबी गरे । ‘गोली खान तयार छु । एक पटक हामी जस्तै सदनमा योग्य मान्छे ल्याउनुस् । दुईजना चोर मिलेर साधु हुँदैनन,’ लामिछानेले भने, ‘यो सरकारले सडकमा आएको चार हजार मान्छे कन्ट्रोल गर्न सकेन । अहिले सडकमा देखिएको आक्रोश राजाको पक्षमा होइन । ठूला दलको कु–कर्मको परिणाम हो । यो कुरा लामो समय टिक्दैन ।’

उनले गणतन्त्रवादी दलहरुलाई सम्बोधन गर्दै फोटो खिचाउने रहर नभएको बताए । ‘तपाईंहरूको कित्तामा उभिएर फोटो खिचाउने रहर छैन । तपाईंहरू जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन’, उनले भने, ‘तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ ।’

लामिछाने सोमबारबाट रास्वपा सभापतिको जिम्मेवारीमा फर्कन लागेका छन् । सांसद पद निलम्बनमा परेपछि रास्वपाले पुस ८ गतेबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई तोकेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ४ : ०९ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा