राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी « Khabarhub

राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाले आजै पारित गरेका विभिन्न पाँचवटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पति भएका पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् । यी विधेयकहरू राष्ट्रियसभाले संशोधनबिना पारित गरेको हो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकमा टेबुल गरियो ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८०/२०८१) र मधेशी आयोगको छैठौँ वार्षिक प्रतिवेदन (२०८०–०८१) पेस गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ५ : २९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा