वीरेन्द्रको वंशविनाश दरबारभित्रको शक्ति सङघर्षको परिमाण हो : महासचिव पोखरेल « Khabarhub

वीरेन्द्रको वंशविनाश दरबारभित्रको शक्ति सङघर्षको परिमाण हो : महासचिव पोखरेल


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास किमार्थ स्वीकार्य नहुने बताएका छन् ।

एमालेले आज काठमाडौं तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्म आयाजना गरेको मोटरसाइकल र्‍यालीको शुभारम्भ गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र कानुनविपरीत गतिविधि गरिरहेको बताए । महासचिव पोखरेलले यही चैत १५ गते जेजस्ता घटना घटे ती सबै कुरा आमजनताले थाहा पाउनुपर्ने बताए । उनले नेपाली जनता अब पछाडि होइन अगाडि बढ्न चाहन्छन भन्ने सन्देश दिन र्‍याली आयोजना गरिएको बताए।

महासचिव पोखरेलले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदान सबैले स्वीकारेर सम्मान गरिरहेको तर उनका सबै सन्तान लायक र योग्य नभएको स्पष्ट पारे । उनले गणतन्त्र स्थापना हुनुमा दरबार हत्याकाण्ड मुख्य कारक रहेको धारणा राखे ।

“राजा वीरेन्द्रको वंशविनाश नेपाली जनताको कारणले होइन । दरबारभित्रको शक्ति सङघर्षकै परिमाण थियो । नारायणहिटी दरबारभित्र जनताका छोराछोरी जान पाउने स्थिति थिएन । त्यस्तो अवस्थामा राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश गर्ने काम भयो । यसले नै मुलुकमा गणतन्त्र ल्याउने काममा सहयोग गरेको हो”, पोखरेलले भने, “पूर्वराजा ज्ञानेन्द्रले दुई÷दुई पटक राजनीतिक दललाई प्रतिबन्ध लगाउने, मिडियामाथि प्रहार गर्ने र मुलुकलाई अँध्यारो युगतर्फ लैजाने धृष्टताका कारणले नै २०६२र०६३ को आन्दोलन भएको हो ।”

संविधानसभाले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको फैसलालाई कसैले पनि उल्लघङ्न गर्न नसक्ने धारणा राख्दै उनले व्यवस्था परिवर्तन गर्नेले सडकमा तमासा नदेखाएर जनताको विश्वास जितेर संसद्को दुई तिहाईमार्फत संविधान संशोधन गर्न चुनौती दिए । उनले संसद्बाहेक अरु कुनै बाटोबाट हुने परिवर्तन नेपाली जनताका लागि स्वीकार्य नहुने पोखरेलको भनाइ थियो ।

मोटरसाइकल र्‍यालीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, राजन भट्टराई, केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेता सहभागि भएका थिए । र्‍यालीका संयोजक तथा राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले र्‍यालीमा हजारौँ जनाको सहभागिता रहेको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ९ : १४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब