किचकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो | Khabarhub Khabarhub

किचकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

झापा– महाभारतकालीन विराट राजाको सालो किचकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका– ३ स्थित किचकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ ।

उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्त्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किचकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ ।

विभागका अधिकृत नवराज अधिकारीले किचकबध स्थलमा २०५८ सालदेखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए । उनका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ ।

आचार्यका अनुसार विगतमा यहाँ भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाँडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।

दश बिघा क्षेत्रमा फैलिएको किचकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरू नष्ट हुने जोखिम छ । विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको छ । विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भूसतहका पुरातात्विक महत्त्वका वस्तुहरू नष्ट भएको विभागको आशङ्का छ ।

गत वर्ष विभागले एउटा मन्दिर हटाउन लगाएको थियो । सोही मन्दिरमुनि यसपटक उत्खनन गर्दा प्राचीन दरबारको जग भेटिएको छ । यसपटक अझै केही दिन उत्खनन र संरक्षणको कार्य जारी रहने विभागका अधिकृत अधिकारीले जानकारी दिए ।

पुरातत्त्वविद् आचार्यले किचकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताए । प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उनको भनाइ छ ।

किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालो थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किचकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यहीकारण यस स्थानलाई किचकबध स्थल भनिन थालेको हो ।

सरकारले किचकबध स्थलको पौराणिक तथा पुरातात्विक महत्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेट भएका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ७ : २७ बजे

फिफा क्लब विश्वकप : रियल मड्रिडको जित

काठमाडौं– फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिडले

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

महानायकको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ फ्लप मध्येमा धेरै व्यापार गर्ने बन्यो

काठमाडौं – महानायकको छवि बनाएका राजेश हमालले गत जेठमा ९

प्रतिनिधिसभा बैठक बस्दै, बजेटका मन्त्रालयगत शीर्षकमा सम्बन्धित मन्त्रीले जवाफ दिने 

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

यी भूभागमा सामान्यदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल