किन भेट्दैछन् लामिछानेले सभामुख घिमिरेलाई ? | Khabarhub Khabarhub

किन भेट्दैछन् लामिछानेले सभामुख घिमिरेलाई ?


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । 

सभामुख घिमिरेलाई भेट्न लामिछाने बिहान १० बजे सभामुखको कार्यालय सिंहदरबार जाने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

सभामुखसँगकाे भेटमा सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्ने बुझिएको छ । 

यसअघि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सहकारी ठगी प्रकरणमा छानविन सुरु भएपछि पार्टी सभापतिको जिम्मेवारीबाट अलग भएर डीपी अर्याललाई कार्यवाहक दिएका लामिछाने सोमबारको बैठकमा सभापतिको हैसियतमा उपस्थित भएका थिए । 

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ९ : १७ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको