बीपी राजमार्गको पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै  « Khabarhub

बीपी राजमार्गको पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै 


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काभ्रे– गत असोज दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ ।

काठमाडौंबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बीपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक सडक निर्माणको काम भइरहेको छ ।

कार्यालयले दीर्घकालीन पक्की सडक निर्माण गर्न ठेक्का आह्वान गरेको भए पनि ‘विड ओपनिङ’ गर्ने, मूल्याङ्कन हुने र ठेकेदार फिल्डमा आउने प्रक्रिया नै बाँकी रहेकाले अहिले तत्कालका लागि वैकल्पिक सडक बनाउने क्रममा रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले बताए ।

खोलाको उचाइ पनि बढेको र अहिले बगरमा नै गाडी गुडाइरहेको कारण बर्खामा असर हुने भएकाले खोलाको धार परिवर्तन गर्ने र सडकको उचाइलाई खोला सहतभन्दा माथि उठाएर भित्ताबाट चल्नेगरी काम भइरहेको छ । त्यसका लागि अहिले चौकीडाँडा खण्डमा तीव्रगतिमा काम भइरहेको छ । बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सिमानासम्ममा करिब आठ किलोमिटर सडक बगाएको थियो ।

भक्तपुर सडक डिभिजनका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार अहिलेसम्ममा मङ्गलटार नजिकैको बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको तथा माम्ती, डालाबेँसी, नार्के, गिम्दीबेँसी, चार सयबेँसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ । अहिले चौकीडाँडामा काम भइरहेकामा केही दिनमा नै सो खण्ड सम्पन्न हुनेछ ।

सो कार्य सम्पन्न गर्न अहिले सडक डिभिजन कार्यालयबाट दुई इन्जिनियर, एक सबइन्जिनियरसहित ३० जना अपरेटर निरन्तर काममा छन् । आगामी वैशाखभित्र ती सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ । त्यसरी सडक बनाएको खण्डमा बर्खायाममा पनि बीपी राजमार्गमा सवारीसाधन सञ्चालन हुने आशामा यात्री छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १० : १६ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय