दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन « Khabarhub

दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वरिष्ठ नेता दीपक बोहोराको निधनले स्तब्ध भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य बोहोराको निधनले राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति भएको पनि लिङदेनले जनाएका छन् ।

‘राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा स्तब्ध र दुःखी भएको छु,’ उनले भनेका छन्, ‘उहाँको निधनबाट राप्रपा र नेपाली राष्ट्रवादी आन्दोलनलाई गम्भीर क्षति पुगेको छ।’

दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेका लिङदेनले भने, ‘अल बिदा दीपक दाइ, हामी सदैव सम्झनेछौँ ।’

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ५८ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका