माधव नेपाल भन्छन्- नेपालमा रगत र वंशको शासन आवश्यक छैन « Khabarhub

माधव नेपाल भन्छन्- नेपालमा रगत र वंशको शासन आवश्यक छैन


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अस्थिर र मुठभेडमा लैजाने गरी अराजक गतिविधि बढेको बताएका छन् । 

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले मुलुकमा भइरहेको अराजनैतिक गतिविधिमा विदेशीको हात भएको आफूलाई विश्वास नलागेको भन्दै देशी प्रतिगामी तत्त्वहरूले नै मुलुकलाई अस्थिर र मुठभेडमा लैजान खोजेको बताएका हुन् । 

उनले राजतन्त्र आउने सम्भावना नभएपछि चैत्र १५ गतेको आपराधिक घटना गराइएको आरोप लगाउँदै सो घटनाका दोषीहरूलाई सरकारले छिटो कारबाही गर्नुपर्ने जिकिर गरे । उनले नेपालमा रगतको शासन र वंशको शासन आवश्यक नरहेको बताउँदै जनताको चेतनामा विश्वास गर्न आग्रह गरे ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले माओवादी केन्द्रले भने जस्तो मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री भन्दा पनि अहिले जस्तै संघिय लोकतान्त्रिक संसदीय प्रणाली नै उपयुक्त रहेको जिकिर गरे ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ३ : ०७ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको