पोखरामा कृषकबीच कृषिसम्बन्धी हाजिरीजवाफ « Khabarhub

पोखरामा कृषकबीच कृषिसम्बन्धी हाजिरीजवाफ


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कृषकको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाले महानगर क्षेत्रका कृषि सञ्जालहरूको सहभागितामा कृषि हाजिरीजवाफ ‘कृषि क्विज २०८१’ प्रतियोगिता गरेको छ ।

कुल ३१ समूहको सहभागिता रहेको प्रतियोगितामा वडा कृषि सञ्जाल ३०, १३ र २९ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजयीलाई क्रमशः २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताका सहभागी समूह सबैलाई हजारी, मालेपाटन–१ बोडी, कागुनो तथा बास्ना आउने घिरौँलाको बीउ पनि वितरण गरिएको थियो ।

प्रतियोगीलाई कृषि, पशुपालन, अनुसन्धान प्रविधि, पोखरा महानगर तथा गण्डकी प्रदेशका समसामयिक विषय समेटिएका बहुउत्तर प्रश्न, चित्रको आधारमा बहुउत्तर प्रश्न र छिटो छिटो जवाफ दिनुपर्ने ठिक बेठीक प्रश्न सोधिएको थियो । विजयीलाई प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी लगायतले पुरस्कार तथा  प्रमाणपत्र प्रदान गरेका थिए । 

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि विभिन्न नवीनतम कार्य गर्दै आएको बताए । 

गत वर्ष कौशी क्वीन कार्यक्रम सञ्चालन भएको र त्यसले कौशी खेती प्रवर्द्धनमा सहयोग गरेको जनाउँदै उनले कृषि हाजिरीजवाफ प्रतियोगिताले कृषकको ज्ञान, सीप र क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

महानगरले विभिन्न ३६ कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकेर स्थानीय उत्पादनको मूल्य र बजार सुनिश्चित गरेको उल्लेख गर्दै उनले दूध, मासु, तरकारी र फलफूल आत्मनिर्भर हुने गरी अगाडि बढिएको जानकारी गराए ।

गण्डकी प्रदेशका कृषि सचिव वासुदेव रेग्मीले पोखरा महानगरले कृषिका क्षेत्रमा उदाहरणीय कार्यक्रम गरेको बताउँदै सबै तह मिलेर कृषिको क्षेत्र विकासमा अघि बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रम संयोजक एवम् महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषकहरूलाई प्रविधि हस्तान्तरण, सशक्तीकरण, ज्ञान, सीप विस्तार तथा कृषकको समस्या समाधान गर्न पनि सहयोग पुग्ने उद्देश्यले कृषि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको बताए । 
 

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : ०५ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद