हाउथीलाई लक्षित गर्दै अमेरिकाले यमनमा गर्‍यो आक्रमण « Khabarhub

हाउथीलाई लक्षित गर्दै अमेरिकाले यमनमा गर्‍यो आक्रमण


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

यमन – हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण गरेको छ। राजधानी साना उत्तरी प्रान्त सादाको छेउमा मंगलबार बिहानैदेखि अमेरिकी सेनाले बमबारी गरेको थियो।

मार्च महिनाको मध्यदेखि यमनमा हाउथीलाई लक्षित गरी गरेको आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ।

हाउथीमा आबद्ध अल मसिरा टिभीले अमेरिकाले १५ पटक आक्रमण गरेको समाचार प्रकाशित गरेको छ। सादा मैइज र सारमा लक्षित गरेर सो आक्रमण भएको जनाइएको छ।

पछिल्लो आक्रमणबाट मानवीय क्षति भएको समाचार आएको छैन। मार्चको मध्यबाट सुरु भएको यो आक्रमणबाट ६१ जनाको ज्यान गएको जनाइएको छ।

अमेरिकी एयरक्राफ्ट कमान्डले फाइटर विमान उडेको तथा मिसाइल आक्रमण गरेको भिडियो सार्वजनिक गरेको थियो। हाउथीले भने अमेरिकी ड्रोन युएस एम क्यु-९ लाई खसालिएको दाबी गरेको छ। हाउथीका प्रवक्ता याया सारीले व्यवस्थित रूपले बनाइएको ड्रोनले आक्रमण गरेको जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ८ : ०७ बजे

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा