धितोपत्र बोर्डबाट शेयर ब्रोकर गाभ्ने निर्देशिका जारी, कति गाभिएलान् ? | Khabarhub Khabarhub

धितोपत्र बोर्डबाट शेयर ब्रोकर गाभ्ने निर्देशिका जारी, कति गाभिएलान् ?


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ ।

बोर्डकाअनुसार अहिले सञ्चालनमा रहेका धितोपत्र व्यवसायीलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बोर्डले उक्त निर्देशिका जारी गरेको हो ।

बोर्डको चैत १३ गतेको आठ सय चौधौँ बैठकबाट लागू भएको निर्देशिका धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ को अधिकार प्रयोग गरि बनाइएको बोर्डले जनाएको छ ।

हाल ९० वटा स्टक ब्रोकर र २ वटा स्टक डिलर बोर्डमा सूचीकृत भएर व्यवसाय गर्दै आएका छन् । बोर्डको निर्देशिकाले नियमावलीको नियम ७(क) बमोजिम धितोपत्र दलाल वा धितोपत्र व्यापारी एक आपसमा गाभ्ने/गाभिन वा प्राप्ति गर्न योग्य हुने जनाएको छ ।

गाभ्न/गाभिन चाहने व्यवसायीले सैद्धान्तिक सहमतिको लागि निवेदन दिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । जसका लागि बोर्डले निवेदनको ढाँचासमेत तोकेको छ ।

निवेदन दिने धितोपत्र व्यवसायीले गाभ्ने/गाभिने विषयमा सञ्चालक समिति तथा साधारण सभाबाट सो सम्बन्धी निर्णय, प्रारम्भिक सम्झौता, समयबद्ध तालिकासहितको कार्ययोजना, पछिल्लो लेखापरीक्षण, कर्मचारीको व्यवस्थापन लगायतका विषयहरूमा समेत निर्णय गरेर कागजात पेश गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।

बोर्डले धितोपत्र व्यवसायी गाभ्ने/गाभिने विषय उचित देखेमा निवेदन दिएको १५ दिनभित्र सैद्धान्तिक सहमति दिनसक्ने निर्देशिकामा उल्लेख छ । सैद्धान्तिक सहमति प्राप्त गरेको व्यवसायीले आफ्नो सम्पत्ति तथा दायित्व तथा व्यावसायिक कारोबारको पछिल्लो अवधिको मूल्याङ्कन गराउनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

त्यसरी मूल्याङ्कन गर्दा धितोपत्र व्यवसायीको गणना गरिएको समायोजित खुद सम्पत्तिलाई ७५ प्रतिशत, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यलाई १५ प्रतिशत र अन्तर्राष्ट्रिय भ्यालुएसन स्टान्डर्डको आधारमा गणना गरिएको अन्य कुनै एक विधि प्रयोग गरिएको मूल्याङ्कनलाई १० प्रतिशत गणना गरिने निर्देशिकाले व्यवस्था गरेको छ ।

साथै, निर्देशिकाले कायम हुन आएको मूल्यमा १० प्रतिशतले थपघट गरी स्वाप अनुपात कायम गर्न सकिने समेत व्यवस्था गरेको छ ।

निर्देशिकाअनुसार गाभ्ने/गाभिने व्यवसायीबीचमा पछि कायम हुने कार्यालय, सम्पत्ति मूल्याङ्कन पद्धति, गाभिन वा प्राप्ति गर्न लाग्ने समय, नयाँ बन्ने पुँजी संरचना, सञ्चालक समिति, कर्मचारी लगायतका विषयमा अन्तिम सम्झौता गर्नुपर्ने हुन्छ ।

दुई पक्षबीचमा अन्तिम सम्झौता भएपछि साधारण सभाबाट गाभ्ने/गाभिने, स्वाप अनुपात लगायतका विषयमा निर्णय भएपछि १५ दिनभित्र अन्तिम स्वीकृतिको लागि पुनः बोर्डमा निवेदन दिनुपर्ने हुन्छ । अन्तिम स्वीकृतिको लागि निवेदन दिँदा विभिन्न नयाँ बन्ने व्यवसायको ११ वटा विषयका कागजात पेश गर्नुपर्ने हुन्छ ।

अन्तिम स्वीकृति दिएपछि गाभ्ने/गाभिने कार्य ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने र उक्त प्रयोजनका लागि निवेदनअनुसार कारोबार रोक्का गर्नसक्ने व्यवस्था छ ।

साथै, गाभ्ने/गाभिने पश्चात बन्ने नयाँ दलाल व्यवसायीले शाखा कार्यालय खोल्न सक्ने र एउटा पक्षको मुख्य कार्यालयलाई शाखा कार्यालय बनाउनसमेत पाइने भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ९ : ४८ बजे

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी

कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु