थाइल्यान्डले भन्यो- नेपालको हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ | Khabarhub Khabarhub

थाइल्यान्डले भन्यो- नेपालको हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले नेपालमा हवाई र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा आज दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले काठमाडौँमा थाइ एयरलायन्सको उडान सङ्ख्या वृद्धि गर्न र लुम्बिनीमा सिधा हवाई उडानका लागि थाइल्याण्ड सकारात्मक रहेको बताइन् । 

उनले नेपालमा ऊर्जा, होटेल, हवाइजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री शिनावात्ले कूटनीतिक सम्बन्ध बिस्तार भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीबाट भएको पहिलो भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै दुई देशबीचको ‘कनेक्टिभिटी’ र व्यापारिक साझेदारी बढाउने विषयमा पनि आफूहरुबीच छलफल भएको जानकारी दिइन् ।  

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  २ : २० बजे

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।