अमेरिकाले सहयोग रोकेका गैरसरकारी संस्थालाई नर्वेले झण्डै ३ करोड डलर उपलब्ध गराउने « Khabarhub

अमेरिकाले सहयोग रोकेका गैरसरकारी संस्थालाई नर्वेले झण्डै ३ करोड डलर उपलब्ध गराउने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

ओस्लो- नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ ।

“यो रकम अमेरिकी अनुदान गुमाएका नर्वेली संस्थाहरूलाई दिइनेछ र लैङ्गिक हिंसाविरुद्ध र प्रजनन स्वास्थ्यका लागि संयुक्त राष्ट्रसङ्घको प्रयासमा खर्च गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । प्रजनन् स्वास्थ्य सहायताले प्रजनन र यौनिकताका सबै पक्षहरू समावेश गर्दछ। राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले फेब्रुअरीको अन्त्यमा विशेष गरी यूएसएडको विदेशी कार्यक्रमहरूको लागि ९२ प्रतिशत अनुदान कटौतीसहित अमेरिकी वैदेशिक सहायतामा ठूलो कटौतीको घोषणा गरेको थियो ।

“अन्तर्राष्ट्रिय मानवीय प्रणाली सफल भएको छ,” नर्वेका सहयोग तथा विकासमन्त्री असमुन्ड औक्रस्टले भने । उनले भने, “संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोग र राजनीतिक नेतृत्वका कारण लाखौँ मानिसको ज्यान जोगिएको छ । यो पैसाको बर्बादी हो भन्ने विचारलाई हामी स्वीकार्न सक्दैनौँ ।”

तर यो प्रणाली अहिलेको भन्दा धेरै प्रभावकारी हुन सक्छ। नर्वेले लामो समयदेखि सुधार र तर्कसङ्गतताको समर्थन गर्दै आएको छ। आपतकालीन कोषमध्ये कम्तीमा २२ करोड क्रोनर नर्वेली गैरसरकारी संस्थालाई छुट्याइने छ र यसलाई विस्थापित व्यक्ति, बालबालिका र युवाका साथै बारूदी सुरङ र अन्य विष्फोटक पदार्थको सुरक्षाका लागि प्रयोग गरिनेछ । मानवीय सङ्कटको समयमा यौन तथा लैङ्गिक हिंसाको सामना गर्न र यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँचको लागि लगभग चार करोड क्रोनर छुट्याइएको छ।

“अन्य चार करोड क्रोनर मानवीय प्रणालीमा व्यवस्थापकीय र विश्लेषणजस्ता प्रमुख साझा सेवाहरूमा विनियोजन गरिनेछ,” नर्वेको सरकारले भनेको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ०३ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको