नेपाल बार एसोसिएसनको निर्वाचनमा अधिकारीको उम्मेदवारी, यस्ता छन् एजेन्डा « Khabarhub

नेपाल बार एसोसिएसनको निर्वाचनमा अधिकारीको उम्मेदवारी, यस्ता छन् एजेन्डा


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । यस निर्वाचनमा अधिवक्ता मन्दिरा अधिकारीले सदस्य (महिला खुला) पदमा उम्मेदवारी दिने निर्णय गरेकी छन् ।

उनका अनुसार कानुनी राज्यको सिद्धान्तलाई सशक्त रूपमा स्थापित गर्न र कानुन व्यवसायीहरूको हकहितको रक्षा गर्न उम्मेदवारी दर्ता गराएकी हुन् । 

पेशागत जीवनमा कानुन व्यवसायीहरूले भोग्ने कठिनाइबारे जानकार रहेको बताउँदै उनले नेपाल बार एसोसिएसनको महत्वपूर्ण भूमिका नवप्रवेशी कानुन व्यवसायीहरूलाई आवश्यक मार्गदर्शन दिने र पेशागत स्थायित्व प्रदान गर्ने हुनुपर्ने धारणा राखेकी छन् । 

‘बारको मुख्य उद्देश्य नै कानून व्यवसायीहरूको हकहितको संरक्षण गर्नु हो, त्यसलाई नै केन्द्र विन्दुमा राखेर काम गर्नुपर्छ’ उनले भनिन् । 

नेपाल बारमा आफ्नो निकट व्यक्तिलाई सबै खालका अवसर प्रदान गर्ने तर अन्यलाई वास्ता नगर्ने/अवसर नै नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ३९ बजे

रातो मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा समापन

काठमाडौं– शनिबार ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा मनाइएको

रास्वपा महाधिवेशनको तयारी पूरा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा