नेपाल बार एसोसिएसनको निर्वाचनमा अधिकारीको उम्मेदवारी, यस्ता छन् एजेन्डा | Khabarhub Khabarhub

नेपाल बार एसोसिएसनको निर्वाचनमा अधिकारीको उम्मेदवारी, यस्ता छन् एजेन्डा


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । यस निर्वाचनमा अधिवक्ता मन्दिरा अधिकारीले सदस्य (महिला खुला) पदमा उम्मेदवारी दिने निर्णय गरेकी छन् ।

उनका अनुसार कानुनी राज्यको सिद्धान्तलाई सशक्त रूपमा स्थापित गर्न र कानुन व्यवसायीहरूको हकहितको रक्षा गर्न उम्मेदवारी दर्ता गराएकी हुन् । 

पेशागत जीवनमा कानुन व्यवसायीहरूले भोग्ने कठिनाइबारे जानकार रहेको बताउँदै उनले नेपाल बार एसोसिएसनको महत्वपूर्ण भूमिका नवप्रवेशी कानुन व्यवसायीहरूलाई आवश्यक मार्गदर्शन दिने र पेशागत स्थायित्व प्रदान गर्ने हुनुपर्ने धारणा राखेकी छन् । 

‘बारको मुख्य उद्देश्य नै कानून व्यवसायीहरूको हकहितको संरक्षण गर्नु हो, त्यसलाई नै केन्द्र विन्दुमा राखेर काम गर्नुपर्छ’ उनले भनिन् । 

नेपाल बारमा आफ्नो निकट व्यक्तिलाई सबै खालका अवसर प्रदान गर्ने तर अन्यलाई वास्ता नगर्ने/अवसर नै नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ३९ बजे

सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने

काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित

‘जेन-जी’ प्रदर्शन : सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

महेन्द्रनगर–  ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा

भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– कालिकोट, खाँडाचक्र नगरपालिका-२ स्थित सडकमा जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ख