महजोडीले राष्ट्रपतिलाई भने- देश बन्दैछ तर नेतालाई सुधार्न घचघच्याउनु पर्‍यो  « Khabarhub

महजोडीले राष्ट्रपतिलाई भने- देश बन्दैछ तर नेतालाई सुधार्न घचघच्याउनु पर्‍यो 


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकका हैसियतले राजनीतिक दलका नेताहरूलाई घचघच्याउन आग्रह गरेका छन् । 

भेटपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास कायमै रहेको बताए । तर, राजनीतिक दलका नेताहरूको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेको हुनाले राजनीतिक नेतृत्वलाई राष्ट्रपतिज्यूले सुधारका लागि घचघच्याइन आफूहरूले सुझाव दिएको जानकारी दिए ।

‘देश बिग्रेको होइन, बनिरहेको छ तर सुशासन पटक्कै भएन, बिचौलियाले जनतालाई मारमा पारे । राष्ट्रपतिज्यूले यसमा सम्बद्ध सबैलाई घचघच्याइ दिनुपर्‍यो’, आफूहरूले राष्ट्रपतिसँग गरेको आग्रह उद्धृत गर्दै उनीहरूले भने । 

उनीहरूले आफूहरूले राष्ट्रपतिसँग अरूलाई कसैलाई मन पराएका होइनन्, लोकतन्त्र भित्रै सुधार हुनुपर्‍यो भन्ने जनताको असन्तुष्टि हो, त्यसैले यसभित्रै सुधारका लागि पहल गर्न आवश्यक छ भनेको जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : १२ बजे

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा