आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिएकी थिइन् राजीनामा | Khabarhub Khabarhub

आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिएकी थिइन् राजीनामा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिवार(हिजो) राति एउटा भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो ।

सामाजिक सञ्जालमा राति अवेर भाइरल बनेको भिडियोमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विमानको सीटमा बस्न लागेका देखिएका छन् भने केही व्यक्ति उनीमाथि खनिएका र गाली गरिरहेका देखिएको छ ।

मन्त्री भट्टराईका कारण नेपालगञ्जबाट काठमाडौं उडान भर्न लागेको विमान १ घन्टा रोकिएको भन्दै कडा रुपमा उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियोमा सुन्न सकिन्छ ।

एक घन्टा ढिलो गरेर पञ्चायतको जस्तो व्यवहार गरेको भन्ने आरोप लागेका मन्त्री भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेखेर १ घन्टा नभइ १५ मिनेट ढिलो भएको र त्यसका लागि माफी पनि मागेका छन् ।

तर सामाजिक सञ्जालमा मन्त्रीको हर्कतका साथै उनलाई विमान भित्र र्‍याखर्‍याख्ती पार्नेहरुको भाषा, शैली र संवेदनशीलताका विषयमा चर्को बहस भइरहेको छ ।

केहीले यो प्रकरणलाई उपयुक्त ‘राजनीतिक मौका’ बनाउन खोजेको देखिएको छ ।

भीआइपीका कारण विमानका अरु यात्रुले दुख पाउने गरेको यो पहिलो घटना भने होइन ।

यसअघि २०७५ साल साउन १० गते वर्तमान सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव थाइल्याण्ड जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर विदेश जान हिँडेका उपप्रधानमन्त्री यादवले पासपोर्ट लान विर्सिए ।

विमानले उडान भर्नुभन्दा १० मिनेटमात्र पहिला विमानस्थल पुगेका उपप्रधानमन्त्री विमानमा चढ्न लाग्दा विमानको ढोका लाग्नै आटेको थियो । तर उपप्रधानमन्त्री यादवले भने पासपोर्ट नै बोक्न छुटाएछन्, जसका कारण उक्त विमानको उडान ४५ मिनेट रोकिएको थियो । त्यसक्रममा मन्त्री यादवले विमानस्थका कर्मचारीसमक्ष आफ्नो ‘पावर’ प्रदर्शन गरेका थिए ।

उनले आफ्ना कारणले विमानको उडान ४५ मिनेट अवरुद्ध हुँदा माफि मागेनन् र माग्न जरुरी पनि सम्झेनन्, किनकी उनी उपप्रधामन्त्री हुन् ।

त्यस्तै विमान बारेको अर्को घटना पनि केही समय अघि निकै चर्चामा रह्यो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई विमानले छोडेको विषयले केही दिन समाजिक सञ्जाल तातेको थियो ।

वैशाख २ गते भैरहवाबाट काठमाडौं उडान भर्ने क्रममा बुद्ध एयरले मन्त्रीलाई छोडेर आएपछि खैलाबैला मच्चिएको थियो ।

सामाजिक सञ्जालहरुमा सत्तापक्षीयले विमान कम्पनीलाई गाली गरिरहेका थिए भने विपक्षी र सर्वसाधारणले समयमा उपस्थित नहुने जो सुकै भएपनि विमानले छोड्नु पर्ने बताएका थिए ।

विमान कम्पनीले भने ६८ जना यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको बताएको थियो । विमानले उडान भरेलगत्तै मन्त्री विमानस्थल पुगेका थिए ।

यी माथिका प्रसंग शक्तिमा रहेका तीन मन्त्री र भीआइपीको हो जसका कारण विमानका अन्य यात्रुले सास्ती र हैरानी व्यहोर्नु परेको थियो ।

मन्त्री योगेश भट्टराई बाहेक उनीहरुले आफूहरुको गल्तीका कारण सर्वसाधारणले दुःख पाएकोमा न त कुनै पश्चाताप गरे न त माफि नै मागे ।
तर विश्वमा विमान कुराएका कारण मन्त्री पदबाट राजीनामा दिने र माफी माग्ने नेता र मन्त्री नभएका भने होइनन् ।

मेक्सिकोकी वातावरण मन्त्रीले आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएको भन्दै आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।

मेक्सिकोकी वातावरण तथा प्राकृतिक संशाधनमन्त्री जोसेफा गोन्जालेज ब्लांकोले राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरसमक्ष आफ्नो राजीनामा बुझाएकी थिइन् । यो घटना केही महिना अघिको हो ।

आफ्नो कारण विमानस्थलको एक व्यावसायिक जहाज उड्न ४० मिनेट ढिला भएको थियो । ‘राष्ट्रपतिको विशेष आग्रह’ का कारण भएको भनिएको उक्त ढिलाईपछि उनको आलोचना शुरु भएको थियो ।

मन्त्री ब्लांकोले आफ्ना कारण भएको ढिलाईप्रति माफी माग्दै राजीनामापत्र बुझाएकी थिइन् । उनले कुनै उच्च पदस्थ व्यक्तिका कारण यस्ता घटना हुन नहुने समेत जनाएकी थिइन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ४ : १३ बजे

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी