काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच सम्झौता « Khabarhub

काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच सम्झौता


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैंकक– काठमाडौं विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

थाइल्याण्डको पहिलो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी पे थोङ् थान् शिनावात्राबीचको दुईपक्षीय भेटवार्तापछि उनीहरूको उपस्थितिमा भएको सहमतिपत्रमा हस्ताक्षर समारोहमा उक्त सहमति पत्र आदानप्रदान गरिएको छ । 

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्ले र सियाम विश्वविद्यालयका अध्यक्ष प्रोच्याइ मोङ्कोन्भनितबीच हस्ताक्षर भएको हो । 

उपकुलपति डा वाग्लेका अनुसार सहमतिपछि नेपालमा थाइल्याण्डबाट हिमनदी विज्ञान (ग्ल्यासियोलोजी), परम्परागत वास्तुकला (ट्रेडिसनल आर्किटेक्ट) र वातावरणीय विज्ञान (इन्भाइरोनमेन्ट साइन्स) विषयमा थाइल्याण्डबाट विद्यार्थी आउने सहज वातावरण बनेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ५१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना