बाँकेमा स्ट्रबेरीखेती सुरु : कृषक भन्छन्- घरबाटै दैनिक २० देखि २५ किलो बेच्छु « Khabarhub

बाँकेमा स्ट्रबेरीखेती सुरु : कृषक भन्छन्- घरबाटै दैनिक २० देखि २५ किलो बेच्छु


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित भएका छन् । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो । 

कृषिमा केही नयाँ गर्ने सोचका साथ उनले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गरेका छन् । स्ट्रबेरी निकै रुचाइएको फलफूलमा पर्दछ । बजारमा यसको माग बढिरहेको छ । 

स्वास्थ्यलाई ध्यानमा राख्दै सर्पराजले रसायनरहित जैविक र आधुनिक प्रविधिबाट स्ट्रबेरी लगाएका छन् । रासायनिक मलको ठाउँमा गोठे मल, झोल मल, तितेपाती, निमको पात र गाईको पिसाब प्रयोग गर्दै आएको उनले बताए । उनले भने, ‘बिरुवामा किरा लागे वा फल नाश हुन लागेमा घरमै उपलब्ध झारपातको प्रयोग गर्ने गरेको छु, जसले गर्दा स्ट्रबेरी स्वादिलो, गुणस्तरीय र स्वस्थ पनि हुन्छ ।’

सामान्यतया नेपाली समयअनुसार असोजमा स्ट्रबेरीको बिरुवा रोप्ने गरिन्छ भने ७५ देखि ८० दिनमा यो बिक्रीका लागि तयार भइसकेको हुन्छ । सर्पराजले यस पटक दुई महिना ढिलोगरी मङ्सिर १ गते आसपास बिरुवा रोपेका थिए । बिरुवा रोप्नमा ढिलाइ भए पनि बिरुवाले दिनुपर्ने मात्रामा फल दिएको छ । 

गत माघको अन्तिम सातादेखि उनको स्ट्रबेरी बिक्री हुन सुरु भइसकेको थियो । उनका अनुसार नयाँ र धेरै प्रचारप्रसार नभएकाले बाहिरबाट त्यति धेरै माग भने आएको छैन । सर्पराजको स्ट्रबेरीको स्वाद कोहलपुर, नेपालगञ्जसँगै सुर्खेतसम्म फैलिएको छ । घरबाटै पनि दैनिक २० देखि २५ किलोको हाराहारीमा बिक्री गर्दै आएको उनले बताए । 

प्रतिबिरुवाले आधा किलोदेखि एक किलोसम्म फल दिन्छ । उनले यो फल खुद्रामा प्रतिकिलो सात सय र थोकमा छ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दै बताए । माघदेखि हालसम्म करिब नौ क्विन्टल बिक्री गरिसकेको उनको भनाइ छ । यो अवधिमा करिब पाँच लाख रुपैयाँ जति आम्दानी भएको छ । उनको फार्ममा अहिले जापानिज क्यामरोज जातका करिब सात हजार ८०० बिरुवाले फल दिइरहेका छन् । 

‘तराई क्षेत्रमा गर्मी दिन प्रतिदिन बढ्दै छ, गर्मी याममा बिरुवा जोगाउन मुस्किल पर्छ’, सर्पराज भने, ‘अब फल फलाउनुभन्दा पनि बिरुवा कसरी जोगाउने र अर्को वर्षका लागि बिरुवा कसरी तयार गर्ने भन्ने योजनामा छु ।’ स्ट्रबेरीखेती विल्कुल नयाँ भए पनि मेहनत गरे सफल भइन्छ भन्ने विश्वासले उनले बस्नेत कृषि तथा पशुपन्छी फार्म दर्तागरी खेती सुरु गरे । 

सुरुमा उनलाई धेरै जनाले यो खेती सफल नहुने भन्दै मनोबल घटाउने कोसिस पनि नगरेका होइनन् । अहिले मेहनतको फल फलाएर देखाउन सफल भएको उनी बताउँछन् । माटो परीक्षण गरी आफ्नो माटोमा सुहाउँदो बिरुवा लगाए कुनै पनि खेती वा व्यवसाय सफल हुने उनको बुझाइ छ । ‎स्ट्रबेरीलाई नेपालीमा भुइँ काफल पनि भन्ने गरिन्छ । प्रशस्त घामको प्रकाश पुग्ने र सिँचाइको सुविधा पुर्‍याउन सकिने ठाउँमा यसको खेती राम्रो हुने गरेको छ । 
 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ५२ बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८