१० वटा स्थानीय तहमा काम गर्ने गरी भारतसँग सहयोग सम्झौता « Khabarhub

१० वटा स्थानीय तहमा काम गर्ने गरी भारतसँग सहयोग सम्झौता


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकार र भारत सरकारबिच स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रालय, नेपालीस्थीत भारतीय दूतावास र ९ वटा पालिकाको १० वटा स्थानीय तहबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको हो ।

जसअनुसार धनगढी उपमहानगरपालिका, धुर्कोट गाउँपालिका, गुल्मी, चंखेली गाउँपालिका, हुम्ला, बुटवल उपमहानगरपालिका, ईन्द्रवती गाउँपालिका, सिन्धुपाल्चोक, जय पृथ्वी नगरपालिका बझाङ, भरतपुर महानगरपालिका, चितवनलगाएतका स्थानीय तहमा सहयोग उपलब्ध गराउने विषयमा सम्झौता भएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी जानकारी दिए ।

यसअघि चालू आर्थिक वर्षमा १३ वटा परियोजनामा सम्झौता भइसकेको उनले जानकारी दिए । उनले सम्बन्धित पालिकाबाट आयोजना माग गरेर अर्थ मन्त्रालयमार्फत भारतीय दूतावासमा प्रस्ताव पठाएपछि दूतावासले स्वीकृत गर्ने प्रक्रिया रहेको जिकिर गरे ।

उनले सम्झौता कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सीमा २० करोड रुपैयाँ रहने बताए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ९ : ४३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना