‘को बन्छ करोडपति’ विजेता राजीवलाई १ करोड हस्तान्तरण « Khabarhub

‘को बन्छ करोडपति’ विजेता राजीवलाई १ करोड हस्तान्तरण


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एपीवान टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीव जैनलाई १ करोड हस्तान्तरण गरिएको छ । बिहीबार जैनलाई एक ‌औपचारिक कार्यक्रमको आयोजना गर्दै चेक हस्तान्तरण गरियो ।

जैनलाई एसआरवीएन मिडियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, अभिनेता राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिभ निर्देशक सुरक्षा अधिकारी लगायतले विजेता जैनलाई चेक हस्तान्तरण गरे ।

‘को बन्छ करोडपति’ को पहिलो संस्करण विजेता जैनले आफूले पाएकोमध्ये केही रकम समाजसेवामा खर्चिने बताए । उनले रियालिटी शो का क्रममा आफूले पाएको रकमले विश्व भ्रमण गर्ने बताएका थिए । अब भने नेपालका कैयन् ठाउँमा पनि घुम्न बाँकी रहेकाले नेपालमा विभिन्न ठाउँ घुम्ने बताए ।

चेक हस्तान्तरणपछि एसआरबीएन मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपीन कुमार आचार्यले पहिलो संस्करणको सफलताले दोस्रो संस्करण छिट्टै ल्याउने बताए ।

यस्तै अभिनेता राजेश हमालले पहिलो सिजन आफुहरुको अपेक्षा भन्दा धेरै सफल भएको भन्दै खुशी व्यक्त गरे । साथै उनले दोस्रो संस्करणको तयारी थाल्न पनि केबीसी टिमलाई आग्रह गरे । कार्यक्रममा क्रियटिभ प्रमुख सुरक्षा अधिकारी, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : ४५ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका