चीनले सबै अमेरिकी सामानमा ३४ प्रतिशत भन्सार महशुल बढाउने | Khabarhub Khabarhub

चीनले सबै अमेरिकी सामानमा ३४ प्रतिशत भन्सार महशुल बढाउने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले भन्सार महशुल बढाएपछि चीनले पनि अमेरिकी सामानमा भन्सार महशुल वृद्धिको घोषणा गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै अब अमेरिकाबाट आयात हुने सबै सामानमा ३४ प्रतिशत भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेको हो ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार विशेष सम्बोधन गर्दै विभिन्न मुलुकका सामानमाथि विभिन्न दरमा भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेका थिए । ट्रम्पले चिनियाँ सामानमाथि थप ३५ प्रतिशत भन्सार महशुल बढाउने जनाएका थिए ।

त्यसैगरी, चीनले खासगरी ‘रेअर अर्थ मेटेरियल्स’ भनिने प्रविधिको क्षेत्रमा महत्वपूर्ण पदार्थको निर्यातमा कडाइ गर्ने भएको छ ।

चीनले अमेरिकातर्फ समारियम, गाडोलिनियम, टेर्बियम, डायस्पोरियम, लुटेटियमजस्ता पदार्थको निर्यातमा कडाइ गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनले १६ वटा अमेरिकी कम्पनीलाई ‘निर्यात नियन्त्रण सूची’ राखेको र अरु ११ वटा कम्पनीलाई ‘अविश्वसनीय संस्था’ को सूचीमा राखेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ४ : ४१ बजे

रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

ओमान – कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई

चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र

मंसिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको

कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

ओमान – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कतारविरुद्धको

मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा