बैंकक भेटपछि दुई मिनेटको फरकमा मोदी र ओलीको ट्वीट, भने- फलदायी र सार्थक | Khabarhub Khabarhub

बैंकक भेटपछि दुई मिनेटको फरकमा मोदी र ओलीको ट्वीट, भने- फलदायी र सार्थक


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिइएको बताएका छन् । 

थाइल्यान्डको बैंककमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा नेपाली भाषामै उनले यस्तो लेखेका छन् ।  

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन् । 

उनले आफूहरूबीच भारत–नेपाल मित्रताका विभिन्न पक्षसँगै ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको पनि उल्लेख गरेका छन् । 

‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ,’ मोदीले लेखेका छन्, ‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौँ ।’ 

प्रधानमन्त्री ओलीले पनि एक्समा हिन्दी भाषामै मोदीसँगको भेट अत्यन्त सार्थक र सकारात्मक रहेको उल्लेख गरेका छन् । 

‘मेरे प्रिय मित्र, प्रधानमंत्री श्री नरेन्द मोदीजी से आत्मीय भेंट हुई । हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही । इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन् । 

प्रधानमन्त्री ओलीले नेपाली समयअनुसार अपरान्ह ४ बजेर २० मिनेटमा एक्समा लेखेको देखिएको छ । त्यसको दुई मिनेटपछि भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ११ बजे

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

मान्म– पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

काभ्रेको भुम्लुवासीले ५० वर्षपछि लालपुर्जा पाउने

काभ्रेपलाञ्चोक- जिल्लाको भुम्लु गाउँपालिकाको दुई वडामा पाँच दशक अघिदेखि विद्यामान लालपुर्जाको

प्रकाश र स्वस्तिमाको बोलचाल बन्दको ‘गसिप’ फिल्म प्रचारमा सदुपयोग

काठमाडौं – फिल्म क्षेत्रका सामान्य घटना हो- सहकर्मीबीच बोलचाल बन्द

पुरुषले १० पटक विर्यदान र महिलाले ६ पटकसम्म अण्डादान दान गर्न पाउने 

काठमाडौ– नि:सन्तान दम्पतीहरूलाई सन्तान सुख दिनका लागि नेपालमा लामो समयदेखि आईभीएफ

‘मैले एक पैसो घुस लिएको छैन, पैसा कमाउन राजनीति गर्ने होइन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने