तीनकुने घटना– प्रतिगमनको खतराः जनमोर्चा « Khabarhub

तीनकुने घटना– प्रतिगमनको खतराः जनमोर्चा


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनाले मुलुकमा प्रतिगमनको खतरा देखापरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

उनले सम्पूर्ण गणतन्त्रवादी शक्तिबीच प्रतिगमनविरुद्ध सहकार्यको आवश्यक्ता औंल्याए ।

उनले सम्भावित खतरालाई मध्येनजर गर्दै राजधानी केन्द्रित पार्टी सचेतनासहितका कार्यक्रम गर्न लागेको जानकारी दिए ।

अध्यक्ष केसीले यो अभियान गणतन्त्र र राष्ट्रियताको रक्षार्थ हुने बताए । जनमोर्चाले चैत २४ गतेदेखि काठमाडौँ केन्द्रित साताव्यापी अभियान सञ्चालन गर्ने भएको हो ।

जनमोर्चाको यो अभियान गणतन्त्र र राष्ट्रियताको रक्षार्थ हुने छ । जनमोर्चाले सङ्घीयताका विषयमा पार्टीको धारणा स्थापित गराउनसमेत अभियान सुरु गरेको काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले बताए ।

पत्रकार सम्मेलनमा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण गणतन्त्रवादी शक्तिहरुबीच प्रतिगमनविरुद्ध सहकार्यको आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’

जनमोर्चाका उपाध्यक्ष एवं संविधानसभा सदस्य दुर्गा पौडेलले सरकार र संसद्को सङ्ख्यामा भएको वृद्धिले खर्चको भार बढेर आर्थिक रुपमा मुलुक सञ्चालनमा चुनौती परिरहेको तर्क गरिन् ।

सांसद पौडेलले भनिन्, ‘जिल्ला र केन्द्रका बीचमा समन्वयका लागि प्रदेशस्तरको प्रशासनिक संरचनाको निर्माणमा हामीले जोड दिन्छौँ ।’

पार्टीले नेपालको राष्ट्रियताका विरुद्धमा भइरहेको विभिन्न खाले षडयन्त्रका विरुद्ध सङ्घर्ष गरेर नै मुलुकको राष्ट्रियताको रक्षा गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ३९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने