रवि पक्राउ पर्ने भएपछि रास्वपा नेताहरु छलफलमा जुटे « Khabarhub

रवि पक्राउ पर्ने भएपछि रास्वपा नेताहरु छलफलमा जुटे


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्। पार्टी सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश दिएसँगै नेताहरु जुम बैठकमार्फत अनौपचारिक छलफलमा जुटेका हुन् ।

छलफलमा भोलि चितवनको कार्यक्रम सभापति बिना नै अगाडि बढाउने या रोक्ने भन्ने विषयमा कुराकानी भइरहेको बुझिएको छ । केही नेताहरु सभापति निवासमा पुगेका छन् भने केही नेताहरू जुम मार्फत जोडिएका छन्।

यसअघि जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरले सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

यता रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत एक स्टाटस लेख्दै आफूले आजै गिरफ्तारी दिने बताउँदै भोलिका लागि तय भएको चितवनको भेला नरोक्न नेताहरुलाई निेर्दशन दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ ।चितवनको सभा नरोक्नुस्।’

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : २० बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९