एक थोपा रगत रहुन्जेलसम्म लडिरहनेछु : रवि लामिछाने | Khabarhub Khabarhub

एक थोपा रगत रहुन्जेलसम्म लडिरहनेछु : रवि लामिछाने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपाति रवि लामिछानलेले आफूलाई आतंकित बनाएर घरभित्र प्रहरी छिरेको बताएका छन् ।

शुक्रबार साँझ फेसबुक लाइभमा आएर रविले आफूले गिरफ्तारी दिने तयारी गरिरहँदा पनि प्रहरीले घरभित्रै छिरेर आतंकित बनाएको बताएका हुन् ।

पक्राउ पर्नु अघि लाइभमार्फत उनले भने, ‘मलाई उच्च अदालतले आदेश दिएपछि प्रहरी घरमै आइपुगेको छ । अहिले प्रहरी मेरै बेडरुममा छ। चितवनको कार्यक्रम रोकिँदैन साथीहरूले अगाडि बढाउनुहुनेछ । आम नागरिकले यो सब चिज हेरिरहेका छन् भन्ने लागेको छ। न्यायको लडाई एक थोपा रगत रहन्जेलसम्म पनि लडिरहनेछु। यहाँहरुले पनि साथ दिनुहुनेछ भन्ने विश्वास गरेको छु। मैले कुनै गल्ती गरेको छैन अपराध गरेको छैन। मलाई यिनीहरुले हत्या नै गरेछन् भने पनि नेपाली जनताको मतपत्रमा घन्टी चुनाव चिन्ह बसेको छ । म अदालतलाई सम्मान गर्छु र अदालतको निर्णयलाई मान्छु ।’

प्रहरीले उनलाई घरबाटै पक्राउ गरिसकेको छ । उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै उनलाई प्रहरी घरबाटै पक्राउ गरेको हो ।

रास्वपा स्रोतका अनुसार केही साधा पोशाकमा र केही ड्युटीमै खटिएका प्रहरीहरू उनको घर पुगेका थिए । शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवलले थुनामा पठाउने आदेश दिएको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो । त्यसलगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ५३ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति