उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका « Khabarhub

उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्दै छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो ।

उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण गर्ने कार्यतालिका छ । उपप्रमुख डंगोल बेल्जियमपछि अदालतको अवलोकन भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ । त्यहाँ पनि उनले युरोपियन युनियनको अभ्याससँगै त्यहाँको विवाद निरुपणका लागि भएका र गरेका प्रयासहरुका बारेमा अनुभव लिने कार्यक्रम छ ।

भ्रमणकै सिलसिलामा त्यहाँको स्थानीय सरकारसँग पनि विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । ‘बेल्जियको अवलोकन भ्रमणका क्रममा त्यहाँको संसदको पनि अवलोकन गर्ने र काठमाडौं महानगरपालिकाले गरेका असल अभ्यासबारे अनुभव आदनप्रदान गर्ने कार्यक्रम छ,’ डंगोलले भनिन्, ‘यो भ्रमणका क्रममा त्यहाँका सरकारका प्रतिनिधि, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरुसँग औपचारिक भेटघाटको कार्यक्रम छ ।’

बेल्जियममै युनेस्कोसँग त्यहाँका सम्पदा र काठमाडौं महानगरपालिकाका सम्पदा संरक्षणका लागि गरेका प्रयासहरुका बारेमा अनुभव आदनप्रदान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिइन् । ‘काठमाडौं महानगर युनेस्को क्रिएटिभ सिटी पनि हो,’ उनले भनिन्, ‘त्यहाँ नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबारे गहन छलफल गर्ने तयारी छ । कला, संस्कृति र नवीन उद्योगसम्बन्धी नीति तयार गरी ’स्क्रिन पर्यटन’को सम्भावनालाई समेत साकार बनाउन के–कस्तो पहल गर्न सकिन्छ त्योबारेमा पनि म भ्रमणका क्रममा छलफल गर्ने छु ।’

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ४५ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९