ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै | Khabarhub Khabarhub

ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गलकोट– चैते दसैँको अवसरमा कालिका मन्दिर पुग्ने जङ्गलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका छन् ।

पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उहाँहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका हुन् । नौमध्ये दुई जना मात्रै सबालाङ्ग छन् । उनीहरूको समूहमा दुई महिला र सात जना पुरुष सहभागी छन् ।

बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बालउद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्दछ ।

नौमती बजाउनेमध्ये सात जना शारीरिक रूपमा अशक्त रहेको ध्रुव नेपालीले बताए । ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जनमा सहज भएको बाजा बजाउँदै उनले जानकारी दिए ।

“अपाङ्गता भएकाहरू एकजुट भएर बाजा बजाउन सिकेका हौँ । ढाड भाँचिए पनि परिवारको खर्च जुटाउनुपर्ने बाध्यता छ । त्यसै मागेर हिड्नुभन्दा नौमती बाजा बजाएर कलाको संरक्षणसँगै खर्च सङ्कलनको पहल थालेका हौँ । बाजा मन पर्नेले दिनुभएको रकमबाट घर खर्च चल्ने गरेको छ”, उनले भने, “कामसहित प्रतिभा देखाए सबैले माया गर्नुहुन्छ । सङ्कलन भएको रकम नौ जनाले बाढेर घर खर्चको जोहो गर्दछौँ ।”

दाताहरूले दिएको थोरै रकमले पनि आफूहरूलाई राहत मिल्ने गरेको जनाउँदै मेला, पर्व तथा मानिसको आवतजावत र घुइँचो बढी हुने क्षेत्रमा ह्विलचियरमै बसेर नौमती बाजा बजाउने गरेको भुमिराज थापाले बताए । समूहमा सात जना अपाङ्गता भएका व्यक्ति रहेको जनाउँदै उहाँले सातै जनाको ढाडसम्बन्धी समस्या रहेको उल्लेख गरे । कसैको भिरबाट लडेर, कसैको सवारी दुर्घटनामा परेर ढाड भाँचिएपछि ह्विलचियरको सहारा लिँदै आएको उनको भनाइ छ ।

“सबैमा ढाडको समस्या छ, उहाँहरू हिड्न सक्नुहुँदैन । ह्विलचियरमा बसेरै बाजा बजाएर सङ्कलन भएको रकमले घर खर्चको जोहो हुँदै आएको छ । चैतेदसैँ मेलामा अझै तीन दिन बाजा बजाएर पोखरा फर्कर्ने योजना छ”, थापाले भने, “अपाङ्गताले प्रतिभालाई छेक्ने रहेनछ, अहिले मेला महोत्सवमा बाजा बजाउँदा धेरैले माया र सम्मान गर्नुहुन्छ ।”

शारीरिक अपाङ्गता भएकाले टाढाटाढा जान भने समस्या भएको धना मगरले गुनासो गरिन् । “शारीरिक रूपमा अशक्त भएपनि कला र प्रतिभा देखाउन सकेमा यसको संरक्षण हुनुका साथै जीविकोपार्जनमा पनि सहजता हुन्छ”, उनले भनिन् । उनले सडकको पहुँच पुगेका स्थानमा बाजा बजाउन जान सहज हुने बताउँदै मेला, पर्वमा आफूहरू बाजा बजाउँदै आएको अनुभव सुनाइन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ६ : १३ बजे

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

चितवन – जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको

नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन भदौ तेस्रो साता हुने

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको चौथो राष्ट्रिय

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश