ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै « Khabarhub

ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गलकोट– चैते दसैँको अवसरमा कालिका मन्दिर पुग्ने जङ्गलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका छन् ।

पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उहाँहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका हुन् । नौमध्ये दुई जना मात्रै सबालाङ्ग छन् । उनीहरूको समूहमा दुई महिला र सात जना पुरुष सहभागी छन् ।

बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बालउद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्दछ ।

नौमती बजाउनेमध्ये सात जना शारीरिक रूपमा अशक्त रहेको ध्रुव नेपालीले बताए । ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जनमा सहज भएको बाजा बजाउँदै उनले जानकारी दिए ।

“अपाङ्गता भएकाहरू एकजुट भएर बाजा बजाउन सिकेका हौँ । ढाड भाँचिए पनि परिवारको खर्च जुटाउनुपर्ने बाध्यता छ । त्यसै मागेर हिड्नुभन्दा नौमती बाजा बजाएर कलाको संरक्षणसँगै खर्च सङ्कलनको पहल थालेका हौँ । बाजा मन पर्नेले दिनुभएको रकमबाट घर खर्च चल्ने गरेको छ”, उनले भने, “कामसहित प्रतिभा देखाए सबैले माया गर्नुहुन्छ । सङ्कलन भएको रकम नौ जनाले बाढेर घर खर्चको जोहो गर्दछौँ ।”

दाताहरूले दिएको थोरै रकमले पनि आफूहरूलाई राहत मिल्ने गरेको जनाउँदै मेला, पर्व तथा मानिसको आवतजावत र घुइँचो बढी हुने क्षेत्रमा ह्विलचियरमै बसेर नौमती बाजा बजाउने गरेको भुमिराज थापाले बताए । समूहमा सात जना अपाङ्गता भएका व्यक्ति रहेको जनाउँदै उहाँले सातै जनाको ढाडसम्बन्धी समस्या रहेको उल्लेख गरे । कसैको भिरबाट लडेर, कसैको सवारी दुर्घटनामा परेर ढाड भाँचिएपछि ह्विलचियरको सहारा लिँदै आएको उनको भनाइ छ ।

“सबैमा ढाडको समस्या छ, उहाँहरू हिड्न सक्नुहुँदैन । ह्विलचियरमा बसेरै बाजा बजाएर सङ्कलन भएको रकमले घर खर्चको जोहो हुँदै आएको छ । चैतेदसैँ मेलामा अझै तीन दिन बाजा बजाएर पोखरा फर्कर्ने योजना छ”, थापाले भने, “अपाङ्गताले प्रतिभालाई छेक्ने रहेनछ, अहिले मेला महोत्सवमा बाजा बजाउँदा धेरैले माया र सम्मान गर्नुहुन्छ ।”

शारीरिक अपाङ्गता भएकाले टाढाटाढा जान भने समस्या भएको धना मगरले गुनासो गरिन् । “शारीरिक रूपमा अशक्त भएपनि कला र प्रतिभा देखाउन सकेमा यसको संरक्षण हुनुका साथै जीविकोपार्जनमा पनि सहजता हुन्छ”, उनले भनिन् । उनले सडकको पहुँच पुगेका स्थानमा बाजा बजाउन जान सहज हुने बताउँदै मेला, पर्वमा आफूहरू बाजा बजाउँदै आएको अनुभव सुनाइन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ६ : १३ बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना