भगवान श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्छ : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

भगवान श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्छ : उपराष्ट्रपति यादव


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमीको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति यादवले यो पर्वले श्रीरामले आफ्नो कर्तव्यपालन गर्दै समाजमा शान्ति, सद्भाव र न्यायको स्थापना कसरी गरे भन्ने ग्रहणयोग्य सकारात्मक सन्देश दिएको उल्लेख गरेका छन् ।

उपराष्ट्रपति यादवले श्रीरामको आदर्शलाई आत्मसात् गर्दै देश र समाजमा एकता, समृद्धि र प्रगतितर्फ अग्रसरताका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिन सक्नुपर्नेमा जोड दिएका छन् ।

श्रीराम धर्म र संस्कृतिको अनुपम प्रेरकका रूपमा हिन्दू समाजमा अनादिकालदेखि प्रतिष्ठित भएको उल्लेख गर्दै उनले श्रीरामले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिङ्गो संसारलाई धर्मको पथमा हिँड्न सम्भव छ भन्ने सन्देश दिएको बताएका छन् ।

उपराष्ट्रपतिले रामनवमीका अवसरमा गरिने भजन, कीर्तन र उपासना आमनागरिकलाई भक्ति, आध्यात्मिकताको मार्गतर्फ उन्मुख गर्दै मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना प्रस्फुटित गराउने प्रयासबाट ओतप्रोत रहेको उल्लेख गरेका छन् ।

उपराष्ट्रपति यादवले मानवकल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा, मैत्रीभावलगायतका सकारात्मकतालाई सबैले अङ्गीकार गर्दै अघि बढ्नु आजको आवश्यकता भएकामा जोड दिएका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ३६ बजे

चैते दशैँमा कालिका भगवती मन्दिरमा ४२ लाख रुपैयाँ भेटी सङ्कलन

बागलुङ– चैते दशैँको अवसरमा कालिका भगवती मन्दिरमा ४२ लाख ६३

पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका- ७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने

रास्वपा सचिवालय बैठक बैस्दै, के के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दैछ ।

चिनियाँ सामानमा १०४ प्रतिशत कर सही भएको ट्रम्पको दाबी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको ट्यारिफको नीति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित