बलिउड नायिका ज्याकलिनलाई मातृ शोक « Khabarhub

बलिउड नायिका ज्याकलिनलाई मातृ शोक


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका ज्याकलिन फर्नानडिजकी आमा किमको निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार किमको आइतबार मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

किमलाई हृदयघात भएपछि गत मार्चमा २४ मा मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनीलाई त्यही अस्पतालमा राखेर उपचार गरिरहेको थियो ।

भारतीय मिडिया आजतकका अनुसार किमलाई आईसीयूमा राखेर उपचार गरिदै आएको थियो ।

किमलाई अस्पतालमा भेट्ने ज्याकलिननिकट रहेका नायक सलमान खान पनि केही समयअघि लीलावती अस्पतालमा पुगेको तस्बिर सार्वजनिक भएको थियो ।

पछिल्लो समय आमाको अस्वस्थताले ज्याकलिनले काममा कम समय दिएकी छन् । त्यहीकारण आईपीएलको उद्घाटन कार्यक्रममा उनी सहभागी भएकी थिइनन् ।

ज्याकलिन ‘हाउसफुल २’, ‘मर्डर २’, ‘किक’, ‘बद्रर्स’ जस्ता हिट फिल्मकी नायिका हुन् । पछिल्लो समय उनको अभिनय रहेको फिल्म ‘फतेह’मा प्रदर्शनमा आएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : १४ बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु