‘वर्तमान सरकारले अर्थतन्त्रसँग मजाक गर्‍यो, कांग्रेस-एमालेले गठबन्धनको औचित्य पुष्टि गर्न सकेनन्’ | Khabarhub Khabarhub

‘वर्तमान सरकारले अर्थतन्त्रसँग मजाक गर्‍यो, कांग्रेस-एमालेले गठबन्धनको औचित्य पुष्टि गर्न सकेनन्’


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकारले औचित्य सावित गर्न नसकेको बताएका छन् ।

आइतबार डा. सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा संविधान संशोधन, आर्थिक अवस्था सुधार र सुशासन कायम गर्ने कुरालाई प्रमुख प्राथमिता दिइए पनि त्यसतर्फमा कुनै काम हुन नसकेको बताए छन् ।

उनले अहिलेको देशको राजनीतिक परिस्थिति अत्यन्त नाजुक अवस्थामा रहेको बताए ।

नेता कोइरालाले देशको आर्थिक अवस्था दिनदिनै खराब हुँदै गएको र बिचौलियाको बिगबिगी रहेको बताए ।

‘हरेक तप्काका विचौलियाको बिगबिगी भएको छ । अहिले जुन परिस्थिति छ, एमाले नेतृत्वमा कांग्रेसको सरकार पनि छ । यो सरकार बनाउँदा एउटा कल्पना गरिएको थियो । त्यो कल्पना हामीले अगाडि बढाउन सकिएको देखिएको छैन’, उनले भने, ‘संविधानमा सुधार गर्ने भनिएको थियो । आज नौ महिना बितिसक्यो, त्यता ध्यान दिन सकिएको छैन । के–केमा संशोधन गर्ने, त्यो गरौँ । गर्नै पर्छ । प्रधानमन्त्रीजीले रोस्ट्रममा उभिएर भनेको कुरा यही हो । कांग्रेस–एमालेको सहमतिको दस्तावेज हो यो ।’

सरकारले देशको अर्थतन्त्रसँग खेलेर मजाक गरेको उनले आरोप लगाएका छन् । अर्थतन्त्रमाथि मजाक गर्ने छुट वर्तमान सरकारलाई नरहेको उनले बताए ।

‘आर्थिक अवस्था एकदम नाजुक छ । त्यसमा सुधारप्रक्रिया अगाडि बढ्यो भनेर अध्यादेशमार्फत् ऐन पनि आयो । कतिको हुन्छ हेरौँ । त्यहाँ पनि बिचौलियाकै खेल छ कि ?’ उनले प्रश्न गरे ।

सरकार बनाउँदा ‘सुशासन दिन्छौं, भ्रष्टाचार न्यूनीकरण गर्छौं’ भनिए पनि अहिले देशको अवस्था कस्तो छ भन्ने डा.कर्माचार्यको पुस्तकले प्रष्ट गर्ने उनले बताए ।

‘सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीले सावित गर्न सकिरहेको छैनौँ’, उनले भने, ‘के उपायहरू छैनन् ? उपाय छन् । त्यसको लागि नेताहरूमा राजनीतिक इच्छाशक्ति हुनुपर्‍यो ।’

राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि विचौलियाको चलखेलको कुरा आएको भन्दै उनले त्यसका आधारमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुभार्ग्य हुने बताए ।

कोइरालाले मुलुकको सुशासनको अवस्थाले वर्तमान गठबन्धनको औचित्य सावित गर्ने नसकेको तर्क गरे । कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : ४६ बजे

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।