चीनको स्टार्टअप सपना: अमेरिकी लगानीको पछाडि हट्दै गरेको कथा « Khabarhub

चीनको स्टार्टअप सपना: अमेरिकी लगानीको पछाडि हट्दै गरेको कथा


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको स्टार्टअप र भेन्चर क्यापिटल क्षेत्र कहिल्यै नउठ्ने गरी धराशायी हुँदैछ, र यसले दशकौं लामो चीन-अमेरिका आर्थिक सम्बन्धमा दरार ल्याएको छ। कुनै समय वाल स्ट्रिटका लगानीकर्ताहरूको रोजाइमा परेको चीन अहिले जोखिम, अनिश्चितता, र विनाशको पर्याय बनेको छ।

सन् २०१९ देखि २०२२ सम्म, अमेरिकी वित्तीय संस्थाहरूले लगभग दुई ट्रिलियन अमेरिकी डलर चीनमा लगानी गरे, त्यो पनि राजनीतिक तनाव चुलिँदै गर्दा। तीव्र वृद्धिको सपना बोकेका स्टार्टअपहरूमा आशा राखेर गरिएको यो लगानी अन्ततः घाटामा परिणत भयो।

यस लगानीको ठूलो भाग वास्तविक क्षेत्रभन्दा वित्तीय माध्यममा केन्द्रित रह्यो—बाँडपत्र र निजी इक्विटीमार्फत। लगानीकर्ताहरूले अपेक्षा गरेका थिए कि यस्तो पूँजीले चिनियाँ अर्थतन्त्रलाई सुदृढ बनाउनेछ, तर यसको उल्टो भयो। यसले केवल अस्थायी रूपमा केही कम्पनीहरूलाई बचायो, तर संरचनात्मक कमजोरीहरू झनै उजागर गर्‍यो। स्टार्टअपहरूमा गरिएको निजी इक्विटी लगानी दस वर्षसम्म अड्किनुपर्ने खालको भएकोले लगानीकर्ताहरूले समयमै फाइदा उठाउन सकेनन्।

सन् २०१८ मा करिब ५,००० नयाँ स्टार्टअपहरू स्थापना भए, जुन लगानी प्रवाहको चरम अवस्था थियो। तर बजारको वास्तविकता चर्को थियो—चिनियाँ स्टक सूचकांक सुस्त गतिमा रह्यो, विदेशी बजारमा सूचीकरण गर्न सरकारी प्रतिबन्ध लाग्यो, र कम्पनीहरूले मुनाफा कमाउने बाटो पत्ता लगाउन सकेनन्। सन् २०२२ सम्म आइपुग्दा तीमध्ये केवल १,००० स्टार्टअप मात्रै बाँकी रहे, बाँकी सबै बन्द भए वा निष्क्रिय बने।

यो पतनले अमेरिकी लगानीकर्ताहरूलाई गहिरो चोट दियो। लगानी फसेर गयो, लाभको कुनै सम्भावना देखिएन, र नियामकीय अनिश्चितताले लगानी वातावरण अझै विषम बनायो। रे डालियोजस्ता चिन(प्रेमी लगानीकर्ताहरूले समेत चीनबाट हात झिक्न थाले। ब्रिजवाटर एसोसिएट्सले चीनमा गरेको लगानी घटाउँदै गइरहेको छ, र डालियो स्वयंले चिनियाँ व्यवसायिक वातावरणलाई “झन् कठिन” भएको बताएका छन्।

यो संकट केवल स्टार्टअपको विनाश होइन, चीनको उद्यमशीलता, नवप्रवर्तन, र विश्वसँगको आर्थिक सहकार्यको भविष्यमाथि पनि प्रश्न उठाउँछ। विदेशी पूँजीको पलायनले चीनलाई आन्तरिक स्रोतमा निर्भर बनाएको छ, तर त्यही स्रोतले दीर्घकालीन वृद्धिको अपेक्षा धान्न सक्दैन। अर्कोतर्फ, अमेरिकाले अब चीनमा लगानीलाई गम्भीर रुपमा पुनरावलोकन गर्दैछ। सुरुवातमा जुन आशाले २ ट्रिलियन डलर चीनमा प्रवाह गरियो, त्यो अब मूर्खता जस्तो लाग्न थालेको छ।

चीनको भेन्चर क्यापिटलको यो पतनले देखाउँछ कि राजनीतिक अस्थिरताबीच गरिएको आर्थिक सहकार्य दीर्घकालीन हुँदैन। आज, दुई महाशक्तिबीचको आर्थिक सम्बन्ध टुट्दै गएको छ, र त्यसको संकेत स्टार्टअपहरूको अन्त्यको कथा मार्फत स्पष्ट देख्न सकिन्छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ०७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको