१७ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी दर्ता « Khabarhub

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी दर्ता


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–सप्तरीमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीले बलात्कारको उजुरी दर्ता गरेको छ ।

पीडितसँगै जिल्ला प्रहरी कार्यालय आएकी पीडितकी दिदीले बलात्कार गर्ने आरोपित छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय चन्दन सदाविरुद्ध दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए ।

घरका अभिभावक तीर्थ गर्न भारतको झारखण्डस्थित वैद्यनाथ धाम गएको मौका छोपी सुतिरहेका बेला बाँसले बेरेको टाँटी उप्काएर घरभित्र प्रवेश गरेका आरोपितले गत बुधबार राति साडीले मुख बाँधेर बलात्कार गरेको पीडितले बताइन् ।

पीडितकी दिदीले आरोपित भाग्ने क्रममा उनको साँचो छुटेको र प्रमाणस्वरुप प्रहरीलाई बुझाएको बताइन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ११ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको