घुम्नै पर्ने ठाउँ-जिरी गुराँस पार्क ! « Khabarhub

घुम्नै पर्ने ठाउँ-जिरी गुराँस पार्क !


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिका स्थित गुराँस पार्कमा ढकमक्क गुराँस र चिमाल फुलेका छन् । जिल्लामै विभिन्न जातको लालीगुराँस तथा चिमाल पाइने जिरीको गुराँस पार्क यति बेला रंगीविरंगी फूल फुलेर ढकमक्क भएको छ ।

फागुन चैत्रतिर ढकमक्क गुराँस फुल्दा यहाँको वातावरण निकै मनमोहक हुने गर्दछ ।जिरी नगरकै प्रमुख पर्यटक क्षेत्रको रूपमा विकास गरिएको गुराँस पार्कमा हिजोआज थरथरीका गुराँस र चिमालसँगै मनमोहक वातावरणमा चौँरी गाईहरू चरिरहेको भेटिन्छन् ।

उसै त छिनछिनमा मौसम परिवर्तन हुने जिरीमा झन् चैत- वैशाखको पारिलो मौसममा फुलेका यी फुलहरू र पार्क वरपर चरणमामा निस्केका चौँरी त्यहाँ पुग्ने जोकोहीले सरप्राइजको रूपमा लिने गर्छन् ।

गुराँस पार्क क्षेत्रमा फुलेका सेतो,रातो तथा अन्य मिश्रित रङ्गका गुराँस र चिमालका रुख बुटासँगै यहाँ ठुलो कृत्रिम पोखरी, ट्रस्टको टहरा, ट्वाईलेट पिकनिक स्पट लगायत पोखरीमा भगवान् शिवको मूर्ति सँगै पिउने पानीको धारा निर्माण गरिएको छ। पार्क निर्माणलाई जिरी नगरपालिकाले लाखौँ लगानी गरेर विभिन्न संरचना निर्माण गरेको छ।

गुराँस पार्क समुन्द्री सतह देखि करिब २७ सय मिटर उचाइमा रहेको छ । जिरी नगरपालिकाको ठुलोनागी वन क्षेत्रमा एउटा चौर वरपर थरथरीका विभिन्न रंगीचंगी गुराँस र चिमालका मात्रै बोट रहेका छन् ।

गुराँसपार्कमा मुख्यतया जिरी आसपासका स्थानबाट आन्तरिक पर्यटक पिकनिक तथा हाईकिङ,क्याम्पिङ सँगै मान्छेहरू गुराँसका फुल तथा स्थानीय चौँरी चरणको अवलोकन गर्ने त्यहाँ पुग्ने गर्छन् । जिरी नगरपालिका हाटडाँडा हुँदै बुद्ध पार्कबाट जिरी नगरको अवलोकन गरेपछि त्यहीँबाट करिब ३ किलोमीटर सडक यात्रा पछि पार्कमा पुग्न सकिन्छ ।

जिरी नगरपालिका सन् २०२५ लाई जिरी भ्रमण वर्षको रूपमा मनाउन यस क्षेत्रमालाई नगरपालिकाकै प्रमुख स्थानीय पर्यटकीय स्थलको रूपमा आगन्तुक पर्यटकलाई घुम्न जान विभिन्न कार्यक्रमहरू गरिरहेको छ।नेपालको स्विट्जरल्यान्ड भनेर जिरीलाई धेरैले भ्रमण गरिरहेका छन् ।  पहिलो सफल सगरमाथा आरोही तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले जिरी हुँदै सगरमाथाका आरोहण गरेपश्चात् हजारौँ पर्यटकहरूले यही मार्ग हुँदै सगरमाथाको शिखर चुमिसकेका छन् ।

जिरी बजार कुनै समयमा सगरमाथाको प्रवेशद्वारका रूपमा परिचित थियो ।यहीँ बाटो हुँदै सोलुखुम्बु र सगरमाथा जाने पर्यटक र भरियाहरूको लस्कर नै लाग्ने गर्थ्यो। तर हिजोआज यस क्षेत्रमा आउने विदेशी पर्यटकको संख्यामा कमी आए पनि स्वदेशी पर्यटक भने जिरी घुम्न प्याकेज नै बनाएर आउने गरेका छन्।जिरीमा दर्जनौँ पर्यटकीय स्थल तथा धार्मिक स्थलहरू रहेका छन् । पाँचपोखरी, जट्टापोखरी, क्याङसे पोखरी, जिरी क्षेत्रका मुख्य पोखरी हुन् ।

त्यसैगरी च्योर्दोङ्ग, जिरेश्वरी, रामबोले, हनुमन्ते यहाँका मुख्य धार्मिक स्थल हुन् । जिरी नगरले निर्माण गरेका गुराँस पार्क,स्टोन पार्क बुद्धपार्क, तेन्जिङहिलारी पार्क र टोनीहेगन पार्क जिरीका मुख्य पर्यटक घुम्ने ठाउँ हुन् । 

त्यसैगरी जिरीको विशेषता र परम्परा पनि छुट्टै रहेको छ । जिरेल र शेर्पा समुदायको मुख्य बसोबास रहेको जिरीमा जिरेल तथा शेर्पा समुदायका अनेकौँ रीतिरिवाज परम्परा तथा सांस्कृतिक देख्न पाइन्छ ।

जिरीमा उत्पादन हुने छुर्पी,चिज तथा सिंलमा यहाँका विशेष कोसेली हो। जिरी यी बाहेक अन्य थुप्रै पर्यटकीय स्थल तथा धार्मिक मठमन्दिर र गुम्बाहरू समेत रहेका छन् ।

जिरी नगरपालिकाले यिनै क्षेत्रको अवलोकन गराउन यस वर्ष ५० हजार पर्यटक जिरी भित्र्याउने योजना बनाएर जिरी भ्रमण वर्ष मनाइरहेको छ ।

सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ०३ बजे

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट